images
images

पिपुल्स हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन


  • 336
    SHARES
  • २०७९ कार्तिक २९ गते मंगलबार

    पिपुल्स हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

    काठमाडौं । पिपुल्स हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ  । कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो।

    कम्पनीले आयोजन प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि छुट्याइएको शेयर बाँडफाँट गरी बाँकी रहेको ८ लाख ६ हजार ३ सय ९० कित्तासहित गरी ५६ लाख ६ हजार ३ सय ९० कित्ता शेयर निष्काशन गर्न लागेको छ। 

    जसमध्ये २ लाख ८० हजार १ सय ९० कित्ता शेयर सामूहिक लगानी कोषको लागि सुरक्षित गरि १ लाख ६८ हजार १ सय ९० कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइएको छ। र बाँकी रहेको ५१ लाख ५७ हजार ८ सय ८० कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

    उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ।


    images
    images

    Logo