काठमाडौं । एनएमबि बैंकबाट आईपीओ भर्दा सि–आश्वा शुल्क नलाग्ने भएको छ । बैंकले सुचना जारी गर्दे अव ग्राहकहरुले एनएमबि बैंकबाट आईपीओ भर्दा सि–आश्वा शुल्क नलाग्ने भएको हो ।
यस अघि बैंकले आश्वा शुल्क बापत ग्राहकहरुबाट १० रुपैयाँ लिने गरेको थियो भने अव नलिने भएको हो । नेपाल धितोपत्र बोर्डले सि-आश्वा सेवाको शुल्क अधिकतम ५ रुपैयाँसम्म लिन पाउने व्यवस्था गरेपछि बैंकहरूले यसलाई निःशुल्क गर्न थालेका हुन् ।
