images
images

शेयर बजार २१ अंकले सुधार हुँदा कारोबार रकम ९४ करोडमा सिमित


  • 300
    SHARES
  • २०७९ कार्तिक २८ गते सोमबार

    शेयर बजार २१ अंकले सुधार हुँदा कारोबार रकम ९४ करोडमा सिमित

    काठमाडौं । आज नेप्से सामान्य अंकले बढेको छ । साताको दोस्रो कारोबार दिन सोमबार परिसूचक २१.२६अंकले घट्दा १ हजार ९ सय ०४ दशमलव ४३ को अंकमा झरेको हो । आज २ सय २६ स्क्रिपको ९४ करोड ८ लाख रुपैयाँ बराबरको २४ लाख ५२ हजार कित्ता शेयर किनबेच भएको छ ।  

    आज नेप्से घटेरसँगै कारोबार रकमा पनि बढ्न पुगेको छ ।आइतबार  ७७ करोड रुपैयाँमा सिमित भएको बजार आज ९४ करोड ८ लाख रुपैयाँमासिमित भएको हो । आज बजारमा १  सय ४८ कम्पनीको शेयर मूल्य बढ्दा ३१  कम्पनीको मूल्य घटेको छ । ५ कम्पनीको मूल्य भने स्थिर रहेको छ । यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। 

    आज सबैभन्दा धेरै शिवम् सिमेन्टको कारोबार भएको छ । कम्पनीको १० करोड ९६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ८ करोड ९९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको ७ करोड ८३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज सबैभन्दा धेरै तारागाउँ रेजेन्सीको ९.८४ प्रतिशतले बढेको छ । सप्तबोशी डेभलपमेन्ट बैंकको ८.३९ प्रतिशतले बढेको छ । 

     


    images
    images

    Logo