images
images

ललितपुर क्षेत्र नं ३ मा डा.तोसिमाको उम्मेदवारी कायम रहने सर्वोच्चको निर्णय 


  • 488
    SHARES
  • २०७९ कार्तिक २८ गते सोमबार

    ललितपुर क्षेत्र नं ३ मा डा.तोसिमाको उम्मेदवारी कायम रहने सर्वोच्चको निर्णय 

    काठमाडौं । ललितपुर–३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार दिएकी डा. तोसिमा कार्कीको उम्मेदवारी कायम हुने भएको छ । तोसिमाको उम्मेदवारी खारेजीको माग गर्दै निर्वाचन आयोगले दिएको निवेदनमाथि सुनुवाइ गर्दै  सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वर खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलासले कार्कीको उम्मेदवारी कायम गर्ने यसअघिको आदेशलाई निरन्तरता दिएको हो ।  

    नेपाल मेडिकल काउन्सिलको सदस्य रहेकाले उनले लाभको पद लिएको र त्यस्तो व्यक्ति उम्मेदवार बन्न अयोग्य हुने भन्दै निर्वाचन आयोगले कार्की उम्मेदवारी खारेज गरेको थियो ।

    आयोगको उक्त निवदेनमाथि सुनुवाइ गर्दै सोमबार सर्वोच्च अदालतले पुरानै आदेशलाई निरन्तरता दिने आदेश दिएको हो । 

     


    images
    images

    Logo