images
images

चुनावको मुखमा पनि घट्यो पेट्रोलियम पदार्थको खपत


  • 221
    SHARES
  • २०७९ कार्तिक २८ गते सोमबार

    चुनावको मुखमा पनि घट्यो पेट्रोलियम पदार्थको खपत

    काठमाडौं । पछिल्लो समय पेट्रोलियम पदार्थको खपतमा कमी आउन थालेको छ । नेपाल आयल निगमले गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक बर्षमा पेट्रोलियम पदार्थका खपतमा कम भएको जानकारी दिएको छ । 

    यसअघि चाडपर्व तथा निर्वाचनका समयमा पेट्रोलियम पदार्थको खपतमा वृद्धि हुने भए पनि आसन्न निर्वाचन नजिकिए पनि पेट्रोलियम पदार्थको खपतमा वृद्धि हुन नसकेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । 

    उनका अनुसार गत वर्षको कात्तिक महिनाको तुलनामा चालु वर्षको कात्तिक महिनामा पेट्रोल तथा डिजेलको खपतमा ठूलो परिमाणमा कमी आएको छ ।

    २०७८ को कात्तिक २३ गतेसम्म (कात्तिक महिना) ६३ हजार ३ सय १५ किलोलिटर पेट्रोल र १ लाख ३५ हजार ८ सय १२ किलोलिटर डिजेलको खपत भएको थियो । जबकी २०७९ को कात्तिक २३ गतेसम्म ४४ हजार ५ सय १३ किलोलिटर पेट्रोल र ७८ हजार ४ सय २६ किलोलिटर मात्रै डिजेल खपत भएको छ ।

    तरलता अभाव तथा विकास निर्माणको सिजन नहुँदा निर्माणका काम ठप्प हुँदा, तेलको मूल्यमा वृद्धि, नेपाल र भारतको तुलनामा पछिल्लो समय नेपाली बजारमा तेलको मूल्य धेरै हुँदा खपत घटेको हो । ट्याङ्कर चालकले भारतमै तेल हाल्दा, सीमा नजिक हुनले भारतमै पेट्रोलियम पदार्थको खरिद गर्दा खपतमा कमी आएको हुनसक्ने निगमको अनुमान छ ।


    images
    images

    Logo