images
images

काँग्रेसले गर्यो ५ बागी उम्मेदवारलाई कारबाही, को को परे ?


  • 307
    SHARES
  • २०७९ कार्तिक २८ गते सोमबार

    काँग्रेसले गर्यो ५ बागी उम्मेदवारलाई कारबाही, को को परे ?

    काठमाडौं । नेपाली काँग्रेसले पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गर्ने ५ जनालाई कारबाही गरेको छ ।

    काँग्रेसको केन्द्रीय अनुशासन समितिले आगामी मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन–२०७९ मा पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध वागी उम्मेदवारी दिएको भन्दै ५ जनालाई कारबाही गरेको हो ।

    कारबाहीमा पर्नेमा काँग्रेस हुम्लाका महासमिति सदस्य मङ्गलबहादुर शाही, बाराका महाधिवेशन प्रतिनिधिद्वय रविन्द्रप्रसाद (रोशन) यादव, वीरेन्द्रप्रसाद यादव, क्रियाशील सदस्य धर्मेन्द्रप्रसाद यादव र जिल्ला सदस्य राम एकवालप्रसाद यादव रहेका छन् ।

    अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुङ्गानाले काँग्रेसको विधान बमोजिम ५ वर्षका लागि सदस्यसमेत नरहने गरी पार्टीको अभिलेखबाट हटाउन निर्देशन दिइएको जानकारी दिए । 

    काँग्रेसले पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका र  आधिकारिक उम्मेदवारलाई असहयोग गरेका नेता तथा कार्यकर्ताको नाम केन्द्रीय अनुशासन समितिमा पठाउन आग्रह गरेको छ ।


    images
    images

    Logo