images
images

हाइटेन्सन लाइनका लागि जोखिम भएका रुखका हाँगा हटाउँदै महानगर 


  • 238
    SHARES
  • २०७९ कार्तिक २८ गते सोमबार

    हाइटेन्सन लाइनका लागि जोखिम भएका रुखका हाँगा हटाउँदै महानगर 

    काठमाडौं । काठमाडौं महानगरपालिकाले हाइटेन्सन लाइन (उच्च भोल्टेज ट्रान्समिसन लाइन) मा अवरोध गर्ने रुखका हाँगा हटाउन थालिएको छ । विद्युत प्राधिकरणको अनुरोधपछि प्राधिकरणसँगै सहकार्य गरेर महानगरको जुद्ध बारुण यन्त्र कार्यालयले हाँगा हटाउन जनशक्ति र उपकरण परिचालन गरेको छ । 

    हाइटेन्सन लाइनमा रुखका हाँगाले छोएर विद्युत अवरोध भएको उल्लेख गर्दै प्राधिकरणबाट अनुरोध आयो । त्यसपछि काम थालिएको हो । बारुण यन्त्र कार्यालय काठमाडौंका प्रमुख एवं नगर प्रहरी निरीक्षक प्रकाश पण्डितकाअनुसार हामीले जोखिमपूर्ण हाँगाहरु काटेर हटाएका छौँ । 

    त्यस्तै, काटिएका हाँगाहरु वातावरण तथा कृषि विभागका गाडी प्रयोग गरेर व्यवस्थापन गरिएको छ । विभागका काटिएका हाँगाहरु वातावरण तथा कृषि विभागका गाडी प्रयोग गरेर व्यवस्थापन गरिएको महानगरले जनाएको छ । 


    images
    images

    Logo