काठमाडौं । निर्वाचन आयोगले ६ जनालाई आचारसंहिता उल्लघंनको घटनामा जरिवाना तिराएको छ । निर्वाचन आचारसंहिता उल्लंघन गरेको बिषयमा काठमाडौं १ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पुकार बम र काठमाडौं महानगरपालिका १६ का वडाध्यक्ष मुकुन्द रिजालसहित ६ जनालाई जरिवाना तिराएको हो ।
जरिवाना तिराइएकाहरुमा बारा जिल्ला, पचरौता नगरपालिका, नगर प्रमुख जलन्सर सिंह, जैसवाललाई २५ हजार जरिवाना असुल गरिएको आयोगले जनाएको छ ।
यस्तै, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले मतदातालाई फ्री भिसा र टिकटमा युवालाई विदेश पठाइदिने भनी प्रलोभनमा पारी अभिव्यक्ति दिएको आयोगले जनाएको छ। उक्त घटनाबारे छानबिन गर्न आयोगले जिल्ला प्रहरी कार्यालय रौतहटलाई अनुसन्धान गर्नको लागि चिठी लेखी पठाउने बताएको छ।
यस्का अलवा आयोगले हाम्रो राष्ट्रिय माध्यमिक साँफेबगरका प्रध्यानाध्यापक तिलक कुँवर,जनता आधारभुत विद्यालयका शिक्षक जिबछ याववलाई ५ हजार जरिवना तिराइएको छ । आयोगका अनुसार, पुकार बमले निर्वाचन प्रचार प्रसारको क्रममा आफ्नो नाम अंकित टिसर्ट प्रयोग गरेको भन्दै ५ हजार जरिवाना तोकेको छ।



