images
images

मंसिर २ गतेदेखि मदिरा विक्री वितरणमा रोक


  • 361
    SHARES
  • २०७९ कार्तिक २८ गते सोमबार

    मंसिर २ गतेदेखि मदिरा विक्री वितरणमा रोक

    काठमाडौं ।  निर्वाचन आयोगले मंसर २ गतेदेखि मदिरा विक्री वितरण र सेवनमा रोक लगाएको छ । आइतबार बसेको केन्द्रीय आचारसंहिता अनुगमन समितिको बैंठकले मौन अवधि सुरु भएदेखि मतगणना पूरा नभएसम्म मदिरा विक्री वितरण र सेवनमा रोक लगाएको हो । 

    आयोगले प्रचलित कानून बमोजिम त्यस्ता मादक पदार्थ जफत गर्नुपर्ने भए जफत गर्नसमेत गृह मन्त्रालय मार्फत नेपाल प्रहरीलाई निर्देशन दिने निर्णय समेत सो बैठकले गरेको छ । 

    सो बैठकले निर्वाचन आचारसंहिता विपरीतको काम कारबाही गरेको अवस्थामा जोसुकैलाई तत्काल स्पष्टीकरण सोधी कारबाही अघि बढाउन जिल्ला आचारसंहिता अनुगमन समितिलाई निर्देशन दिने निर्णय समेत गरेको छ।

    साथै, आयोगले मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मत गणनाको काम पूरा नभएसम्म निर्वाचन प्रचारप्रसारसम्बन्धी कुनै गतिविधि गर्न नपाउने जनाएको छ । 

    याे पनि पढ्नुहाेस्:

    यी ६ प्रकारका सवारीसाधन चुनावको दिन चलाउन पाइने, पास पनि नचाहिने


    images
    images

    Logo