images
images

फेरि बढ्यो सुनको मूल्य,कतिमा हुँदैछ आजको कारोबार ?


  • 375
    SHARES
  • २०७९ कार्तिक २८ गते सोमबार

    फेरि बढ्यो सुनको मूल्य,कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । आज सुनचाँदी बजारमा सुनको मूल्य बढेको छ । सोमवार छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार २ सय रुपैयाँ कायम भएको छ । 

    आइतवार प्रतितोला ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ५ सय रुपैयाँले बढेर ९७ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाला सुन आइतवार पनि एकैदिन ६ सय रुपैयाँले बढेको थियो । 

    त्यस्तै, तेजावी सुन प्रतितोला ९६ हजार ७ सय रुपैयाँ कायम भएको छ भने चाँदी प्रतितोला ५ रुपैयाँले घटेर १ हजार २ सय ९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 


    images
    images

    Logo