images
images

दुई कम्पनीको साधारणसभा आज, कसको के–के छन् एजेण्डा ?


  • 372
    SHARES
  • २०७९ कार्तिक २८ गते सोमबार

    दुई कम्पनीको साधारणसभा आज, कसको के–के छन् एजेण्डा ?

    काठमाडौं । आज २ वटा कम्पनीको साधारणसभा हुँदैछ । सोमवार ज्योती लाइफ इन्स्योरेन्स र सुर्या लाइफ इन्स्योरेन्सले साधारण सभा गर्न लागेका हुन् ।

    सभा घोषणा गरेका कम्पनीमा ज्योती लाइफ इन्स्योरेन्सले वाटरफ्रन्ट रिसोर्ट, लेकसाइड पोखरामा बिहान ११ बजे बस्ने गरि साधारणसभा बोलाएको छ । सो कम्पनीले सूर्य लाइफ इन्स्योरेन्ससँग मर्जरको प्रस्ताव पारित गर्ने, स्वाप रेसियो १००ः८२.४५ को अनुपातमा कायम गर्ने, २०७८र७९ को वित्तीय विवरणहरु प्रस्तुत गर्ने र लेखा परीक्षकको नियुक्ति गर्ने लगायतका एजेण्डा राखेको छ । 

    त्यस्तै, सुर्या लाइफ इन्स्योरेन्सले होटल ह्यारिसन प्यालेस, विराटनगरमा बिहान ९ बजे बस्ने गरि साधारणसभा बोलाएको छ । कम्पनीको एजेण्डामा ज्योति लाइफ इन्स्योरेन्ससँग मर्जरमा जाने प्रस्ताव पारित गर्ने , स्वाप रेसियो १००ः८२.४५ को अनुपातमा कायम गर्ने, लेखा परीक्षकको नियुक्ति गर्ने लगायतका रहेका छन् ।


    images
    images

    Logo