काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य स्थिर र।हेको छ।
सोमवार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय २८ रुपैयाँ ९८ पैसा र बिक्रीदर १ सय २९ रुपैयाँ ५८ पैसा कायम रहेको छ । आक्ष्तवार पनि डलर सोही मूल्यमा कारोबार भएको थियो ।
त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय ३३ रुपैयाँ ५५ पैसा र बिक्री दर १ सय ३४ रुपैयाँ १७ पैसा रहेको छ । आइतवार युरो १ सय ३३ रुपैयाँ १४ पैसामा कारोवार भएको थियो ।
बेलायती पाउण्ड आज १ को खरिददर १ सय ५२ रुपैयाँ ६७ पैसा र बिक्री दर १ सय ५३ रुपैयाँ ३८ पैसा रहेको छ।