images
images

इङ्ल्याण्डले उचाल्यो टी–२० विश्वकप क्रिकेटको उपाधि


  • 414
    SHARES
  • २०७९ कार्तिक २७ गते आइतबार

    इङ्ल्याण्डले उचाल्यो टी–२० विश्वकप क्रिकेटको उपाधि

    काठमाडौं । इंग्ल्याण्डले टी–२० विश्वकप क्रिकेटको उपाधि जितेको छ । आज भएको खेलमा इङ्ल्याण्डले पाकिस्तानलाई ५ विकेटले पराजित गरेको हो । 

    मेलवर्न क्रिकेट मैदानमा पाकिस्तानले  इङ्ल्याण्डलाई १३८ रनको लक्ष्य दिएको थियो । सो लक्ष्यलाई  इङ्ल्याण्डले १९ ओभरमा पुरा गरेको हो । 

    इंग्ल्याण्डलाई जिताउन बेन स्टोक्सले नट आउट ५२ रन बनाए । यस्तै जोस बट्लरले २६ तथा ह्यारी ब्रुकले २० रनको योगदान दिए ।

    इंग्ल्याण्डले टी–२० विश्वकप जितेको यो दोस्रोपल्ट हो । यसअघि सन् २०१० मा उपाधि जितेको थियो ।


    images
    images

    Logo