काठमाडौं । युनाइटेड इन्स्योरेन्स प्रमुख कार्यकारी अधिकृत (सीईओ) उपासना पौडेलले राजिनामा स्वीकृत भएको छ । कार्तिक २५ गते शुक्रवार साँझ ४ बजे बसेको संचालक समितिको ३७६ औ बैठकले उपासनाको राजिनामा स्वीकृत गरेको हो ।
पौडेलले असोज पहिलो साता सञ्चालक समितिलाई राजिनामा दिएकी थिइन् । कम्पनीले उनको राजिनामा तत्काल स्वीकृत नगरी गत शुक्रवार मात्रै स्वीकृत गरेको हो ।उनी २०७८ साल बैंशाखमा चार बर्षको लागि सीईओ पदमा नियुक्त भएकी थिइन । तर उनी अहिले त्यहाँ काम गर्ने थालेको १७ महिना नपुग्दै बाहिरिएकी हुन् ।
त्यस्तै, कम्पनीको संचालक समितिको बैठकले कात्तिक २८ गतेदेखि लागु हुनेगरि रिक्त रहेको सीईओ पदको लागि हाल कायम गर्न कम्पनीका महाप्रवन्धक नविन सुवेदीलाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो ।



