काठमाडौं । औषधि व्यवस्था विभागले लोमस फर्मासिटिकल्स र बायोजेन रेमिडाइजको औषधि बजारबाट फिर्ता गर्न विभागको निर्देशन छ । ती कम्पनीका केही औषधि न्यून गुणस्तरको पाइएको भन्दै विभागले बिक्री वितरणमा रोक लगाएको हो ।
विभागले आज एक सूचना जारी गर्दै बजार अनुगमनका क्रममा संकलन गरिएका औषधिको नमूना परीक्षण गर्दा लोमस फर्मासिटिकल्सले उत्पादन गरेको एसभट (भिटामिन सी) र बायोजेन रेमिडाइज प्रालिको बायोकल–डी (भिटामिन डिथी) नामको औषधि न्यून गुणस्तरको फेला परेको विभागले जनाएको छ ।
यी औषधि क्याल्सियम तथा भिटामिन ट्याब्लेटहरु हुन् ।यी दुई कम्पनीका औषधि बिक्री वितरणमा रोक्का गरी बजारबाट तुरुन्त फिर्ता गर्न र सो औषधिको सिफारिस तथा प्रयोग नगर्न विभागले अनुरोध गरेको छ ।
