images
images

सामान्य अंकले घट्यो नेप्से, कारोबार साढे ७७ करोडमा सिमित


  • 259
    SHARES
  • २०७९ कार्तिक २७ गते आइतबार

    सामान्य अंकले घट्यो नेप्से, कारोबार साढे ७७ करोडमा सिमित

    काठमाडौं । शेयर बजार परिसूचक आज सामान्य अंकले घटेको छ । साताको पहिलो कारोबार दिन आइतबार परिसूचक १०.५४ अंकले घट्दा १ हजार ८ सय ८२ दशमलव १६ को अंकमा झरेको हो । आज २ सय २५ स्क्रिपको ७७ करोड ४९ लाख रुपैयाँ बराबरको २० लाख २८ हजार कित्ता शेयर किनबेच भएको छ ।  

    आज नेप्से घटेरसँगै कारोबार रकमा पनि गिरावट आएको छ । गत साताको विहीबार  १ अर्ब ११ करोड रुपैयाँ कारोबार भएकोमा आज ७७ करोड रुपैयाँमा सिमित भएको हो । आज बजारमा १ सय ३१ कम्पनीको मूल्य घट्दा ४४ कम्पनीको मूल्य मात्रै बढेको । १० कम्पनीको मूल्य भने स्थिर रहेको छ । 

    १३ उपसमूहमध्ये यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक बाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ। सो उपसमूहको परिसूचक यस दिन ०।६० प्रतिशत बढेको छ। यस दिन १२ उपसमूहको परिसूचक ओरालो लागेको छ। 

    आज सबैभन्दा धेरै शिवम् सिमेन्टको १० करोड ३९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, आज निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको २ करोड ४० लाख ५२ हजार रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको २ करोड ३८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । 

     

     


    images
    images

    Logo