काठमाडौं । छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटनामा परि ४ जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–११ थापाथलीमा बागमती प्रदेश–०२–०१९ प ३१९५ नम्बरको मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा बारा बरियारपुर घर भएका ४४ वर्षीय राम बाबुप्रसाद कुसहवा रहेका छन् ।
त्यस्तै, भक्तपुरको भक्तपुर नगरपालिका–१ च्यङ्गा गणेश मन्दिर ननिक सडकमा कारले मोटरसाइकललाई शनिबार साँझ ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक काभ्रे पाँचखाल नगरपालिका–१ बस्ने २३ वर्षीय सन्दिप बस्नेत छन् ।
मोरङको सुन्दरहरैचा नगरपालिकामा मोटरसाइकल र कार शनिबार बेलुकी ठोक्किदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक केराबारी गाउँपालिका–७ बस्ने ४२ वर्षीय उत्तम कुमार मगर छन् ।
धादिङको ज्वालामुखी गाउँपालिका बोलेरो शनिबार बेलुकी दुर्घटना हुँदा गाडीमा सवार सोही ठाउँ बस्ने ३५ वर्षीय उत्तम अर्यालको घटनास्थलमै मृत्यु भएको छ ।



