काठमाडौं । आगामी मंसिर ४ गते सम्पन्न हुन लागेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको लागि ९८ रुपैयाँमा ६ जीवी डाटा दिने भएको छ । टेलिकमले जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा ‘निर्वाचन अफर’ ल्याएको हो ।
९८ रुपैयाँ मा आवश्यकता अनुसार भ्वाइस अफर र एसएमएस अफरका साथै डेटा अफर प्रयोग गर्न सकिने गरी कम्पनीले जनाएको छ ।यो अफर कात्तिक २७ गतेदेखि आगामी मंसिर ११ गतेसम्म लिग्न सकिन्छ ।यो अफर १० दिनसम्म प्रयोग गर्न सकिने २० जीबी डाटा जम्मा २ सय ९४ रुपैयाँ मा उपलब्ध छ ।
यसैगरी ६ जीबी डाटा ३ दिनसम्म प्रयोग गर्न सकिने प्याक जम्मा ९८ रुपैयाँमा उपलब्ध छ । १ दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने १ एमबीपीएस डाटा प्याक र अननेट अनलिमिटेड भ्वाइस प्याक जम्मा ४९ रुपैयाँ मा उपलब्ध हुनेछ । यो अफर निर्वाचको समयमा सवै एनटीसीको ग्राहकले प्रयोग गर्ने पाउने कम्पनीले जनाएको छ ।



