images
images

बढ्यो सुनचाँदीको मूल्य, कति छ आजको बजार भाउ ?


  • 317
    SHARES
  • २०७९ कार्तिक २७ गते आइतबार

    बढ्यो सुनचाँदीको मूल्य, कति छ आजको बजार भाउ ?

    काठमाडौं । आइतवार सुनचाँदी बजारमा सुनको मूल्य बढेको छ । आज छापावाला सुन प्रतितोला ९७ हजार ३ सय रुपैयाँ तोकिएको छ । 

    गत शुक्रवार प्रतितोला ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ६ सय रुपैयाँले बढेर ९७ हजार ३ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुन प्रतितोला ९६ हजार ८ सय रुपैयाँ तोकिएको छ भने चाँदी प्रतितोला ५ रुपैयाँले बढेर १ हजार ३ सय रुपैयाँ तोकिएको महासंघले जनाएको छ । 


    images
    images

    Logo