images
images

पत्रकार सराेजराज अधिकारी सुन्धाराकाे हाेटेलमा मृत भेटिए


  • 553
    SHARES
  • २०७९ कार्तिक २३ गते बुधबार

    पत्रकार सराेजराज अधिकारी सुन्धाराकाे हाेटेलमा मृत भेटिए

    काठमाडौं । पत्रकार सराेजराज अधिकारी सुन्धारास्थित सिद्धार्थ हाेटेलमा मृत अवस्थामा भेटिएका छन्।

    यही कात्तिक २१ गतेदेखि सम्पर्कविहीन रहेकाे अधिकारी बुधबार सिदार्थ हाेटेलकाे एक काेठमा मृत भेटिएकाे काठमाडाैँ प्रहरी प्रमुख एसएसपी देवबहादुर बाेहराले बताए ।

    २१ गतेदेखि सम्पर्कविहीन रहेका उनकाे खाेजीकाे लागि श्रीमतीले आज मात्रै महानगरीय प्रहरी परिसर टेकुमा निवेदन दिएकी थिइन्। निवेदन पश्चात प्रहरीले खाेजी गर्दा अधिकारी सिद्धार्थ हाेटेलकाे काेठा नं. ५०२ मा मृत भेटिएका हुन्।

    उनले आत्महत्या गरेकाे हुन सक्ने प्रहरीकाे प्रारम्भिक अनुमान छ। पत्रकारितासँगै पुस्तक लेखनमा सक्रिय उनका चन्द्रब्यूहमा चन्द्रसूर्य, धम्बोझी, रुपबजारकी नोरा, जासुसीको जालो पुस्तक प्रकाशित छन्।


    images
    images

    Logo