images
images

अंग प्रत्यारोपणसम्बन्धी अन्तराष्ट्रिय सम्मेलन काठमाडाैंमा हुँदै


  • 406
    SHARES
  • २०७९ कार्तिक २३ गते बुधबार

    अंग प्रत्यारोपणसम्बन्धी अन्तराष्ट्रिय सम्मेलन काठमाडाैंमा हुँदै

    काठमाडौं । नेपालमा अन्तराष्ट्रिय प्रत्यारोपण सम्मेलन आयोजना हुने भएको छ । शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र अंग प्रत्यारोण समाज नेपाल आयोजनामा यही कात्तिक २६ र २७ उक्त सम्मेलनको आयोजना गर्न लागिएको हो । 

    काठमाडौंको बानेश्वरस्थित एभरेष्ट होटलमा आयोजना हुने उक्त सम्मेलनमा मेरिका, जापान, भारत, बंगलादेश, स्लोभानिया तथा नेपालका  ख्याति प्राप्त प्रत्यारोपण विज्ञहरु सहभागी हुने आयोजकले जनाएको छ । त्यस्तै, नेपालका समाजसेवी, पत्रकार कानून व्यवसायी तथा जिल्लास्तरीय अस्पतालका प्रमुख र नर्सिङ प्रमुख समेत सम्मेलनमा सहभागी हुने जनाइएको छ । 

    यो सम्मेलनले सहभागीहरुबीच प्रत्यारोपण कार्यको अनुभव आदानप्रदान तथा यससम्बन्धी व्यापक जनचेतना अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । 

    सम्मेलनमा नेपालको तर्फबाट १६ वटार विदेशी विज्ञहरुबाट १२ वटा कार्यपत्र प्रस्तुत हुनेछ । उक्त सम्मेलनको नारा विकासोन्मुख मुलकहरुमा मृत्युपछि हुने अंगदान र प्रत्यारोपणको अवस्था र यसको अभिवृद्धिमा देखिएका समस्याबारे अनुभवहरु समेत आदानप्रदान हुनेछ । 


    images
    images

    Logo