कैलाली । सुदुरपश्चिममा बुधबार बिहानै शक्तिशाली भुकम्प गएको छ । बुधबार बिहान २ः१२ मिनेटमा ६ दशमलव ६ म्याग्नीच्युडको भूकम्प गएको हो ।
भूकम्पले डोटीमा घर भत्किदा तीन जनाको ज्यान गएको छ । जिल्लाको पूर्वी चौकी गाउँपालिका–३ को गैरा गाउँमा घर भत्किदा तीन जनाको मृत्यु भएको पूर्वी चौकी गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले जानकारी दिए ।
शव च्यापिएको अवस्थामा भेटिएको जानकारी बताउँदै अध्यक्ष उपाध्यले थप क्षति भएको हुन सक्ने बताए । डोटीको खप्तड राष्ट्रिय निकुञ्ज केन्द्र बनाएर राति २ बजेर १२ मिनेटमा ६ दशमलव ६ म्याग्नीच्युडको भूकम्प गएको जनाइएको छ ।
यसअघि राती ९ बजेर ७ मिनेटमा दिपायल केन्द्र विन्दु बनाएर ५.७ म्याग्नेच्युटको भूकम्प गएको बताइन्छ ।
