images
images

सामाजिक सञ्जालहरुमा आर्थिक संकट, फेसबुकले पनि थाल्यो कर्मचारी कटौती


  • 256
    SHARES
  • २०७९ कार्तिक २२ गते मंगलबार

    सामाजिक सञ्जालहरुमा आर्थिक संकट, फेसबुकले पनि थाल्यो कर्मचारी कटौती

    काठमाडौं । फेसबुकको सञ्चालक कम्पनी मेटाले ठूलो संख्यामा कर्मचारीको कटौती गर्ने भएको छ । बीबीसीका अनुसार मेटाले बुधवारदेखि नै कर्मचारी कटौतीको घोषणा गर्न सक्नेछ।

    तेस्रो त्रैमासिक रिपोर्ट निराशाजनक देखिएपछि सञ्चालक मार्क जुकरवर्ग कर्मचारी कटौतीको संकेत दिएका हुन् । कम्पनीको नाफा विगतदेखि नै घट्दै आएको छ । तेस्रो त्रैमासमा कम्पनीको आम्दानी ह्वात्तै घटेर आएको जनाइएको छ । 

    यसअघि मेटाले जुन महिनामा ३० प्रतिशत इन्जिनियरहरू भर्ना गर्ने योजना स्थगित गरेको थियो । सोही समयमा जुकरबर्गले कर्मचारीहरूलाई आर्थिक मन्दीको सामना गर्न चेतावनी दिएका थिए।

    मेटासँग विश्वभर ८७ हजारभन्दा बढी कर्मचारी छन् । यो फेसबुक, इन्सटाग्राम र ह्वाट्सएपमा समेतको हो। जुकरबर्गले मेटाभर्सको लगानीले सकारात्मक नतिजा ल्याउन करिब एक दशक लाग्ने बताएका छन्।

    यसअघि ट्विटरका सीईओ एलन मस्कले पनि ठूलो मात्रामा कर्मचारीको कटौती गरेका थिए । 

     

     

     

     

     

     


    images
    images

    Logo