काठमाडौं । समस्याग्रस्त सहकारी संस्थाका ऋणीहरुले १५ दिनभित्र ऋण नतिरे ११ सहकारीलाई कालोसूचीमा राख्ने चेतावनी दिएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले मंगलबार सूचना जारी गरी समस्याग्रस्त घोषित ११ वटा संस्थाका ऋणीलाई ऋण तिर्न ताकेता गरेको हो ।
यसरी ऋण तिर्न बाँकी रहेका सहकारीहरुमा स्टाण्डर्ड सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ, प्यासिफिक सेभिङ एण्ड इन्भेष्टमेन्ट, प्रभु बचत तथा ऋण सहकारी, कोहिनुर हिल सेभिङ एण्ड क्रेडिट, कन्जुमर बचत तथा ऋण सहकारी, कुबेर बचत तथा ऋण सहकारी, चार्टर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ, भेगास बचत तथा ऋण सहकारी, स्टाण्डर्ड मल्टिपर्पोज को–अपरेटिभ रहेका छन्।
त्यसैगरी सोसाइटल बचत तथा ऋण सहकारी र लुःनिभा बहुद्देश्यीय सहकारी संस्थालाई समस्याग्रस्त सहकारी संस्थाले १५ दिनभित्र ऋणीले ऋण चुक्ता गर्नुपर्ने सूचनामा भनिएको छ । कार्यालयले पटक पटक ऋण तिर्न आग्रह गर्दा पनि अटेर गरेकाले फेरि पनि अटेर गरे कालोसूचीमा राख्ने कार्यालयले चेतावनी दिएको छ ।




