images
images

देवजीले अप्ठ्यारो समयमा पनि जित्नुभयो, अबको कार्यकालमा मन्त्री बन्नुहुन्छ : प्रकाशशरण महत


  • 339
    SHARES
  • २०७९ कार्तिक २१ गते सोमबार

    देवजीले अप्ठ्यारो समयमा पनि जित्नुभयो, अबको कार्यकालमा मन्त्री बन्नुहुन्छ : प्रकाशशरण महत

    काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता तथा निर्वाचन प्रचारप्रसार समितिका संयोजक प्रकाशशरण महतले रौतहटमा देखिएको काँग्रेसको जनलहरका कारण काँग्रेस उत्साहित भएको बताएका छन् । 

    सोमबार रौतहट निर्वाचन क्षेत्र नं ४ अन्तर्गत चन्द्रनिगाहपुरमा आयोजित चुनावी घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै महतले काँग्रेस गठबन्धनसहित चुनावमा होमिएर एउटा सहकार्यपूर्ण प्रयासको सुरुवात गरिएको बताए । 

    महतले अहिलेको प्रयासले मंसिर ४ गते परिणाम ल्याउने उल्लेख गर्दै अहिले कति सिटमा उम्मेदवारी दिइयो भन्दा कति सिट हासिल गरियो भन्ने कुरा महत्वपूर्ण हुने भन्दै परिणमपछि यो विषय स्वतः प्रमाणित हुने उल्लेख गरे । 

    उनले ओलीले रेल, पानीजहाज जस्ता सपनाको उडान भरेर देशलाई दुर्दशामा पुर्याएको उल्लेख गरे । नेपाली काँग्रेसको जोड्ने चरित्रका कारण अहिलेको गठबन्धन बन्न सफल भएको भन्दै ओली यसको ठीक विपरित भएको बताए । 

    उनले संविधानलाई तहसनहस गर्ने ओलीको जगमा बनेको गठबन्धनले देशमा स्थायित्व र समृद्धि ल्याउने अभियानलाई पूरा गर्ने समेत बताए । उनले सामाजिक सुरक्षा, विकास र रोजगारीको सुनिश्चितता अबको एजेण्डा भएको बताए । 

    उनले अप्ठ्यारो क्षेत्र नं ४ मा प्रतिनिधिसभाका उम्मेदवार देवप्रसाद तिमल्सिनाले २०७४ को अप्ठ्यारो समयमा समेत विजयी भएको बताउँदै आगामी निर्वाचनमा जित सुनिश्चित रहेको बताउँदै आगामी कार्यकालमा मन्त्री बन्ने समेत बताए ।

    उनले रौतहटको विकास समृद्धि, रोजगारी र उद्योगधन्दाको विकासको लागि काँग्रेस र गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरे । 

    अहिले काँग्रेसबाट रौतहटमा प्रतिनिधिसभातर्फ क्षेत्र नं २ बाट मोहम्मद फिरदोस आलम तथा क्षेत्र नं ४ बाट देवप्रसाद तिमल्सिना उम्मेदवार छन् ।  त्यस्तै, प्रदेशसभामा रौतहट १(क) बाट नागेन्द्र साह, १ (ख) बाट कृष्णाप्रसाद यादव, क्षेत्र नं ३ (ख) बाट सुनिलकुमार यादव काँग्रेसबाट प्रतिस्पर्धामा छन् ।


    images
    images

    Logo