काठमाडौं । नेपाली समयमा अनुसार कतार विश्वकपको खेल तालिका सार्वजनिक भएको छ । विश्वकप फुटबल नोभेम्बर २० देखि सुरु हुने भएको हो । विश्वकप सुरु हुन १३ दिन बाँकी रहेको छ । जसमा विश्वकपका लागि संसारभरका उत्कृष्ट ३२ टिमबीच प्रतिस्पर्धा हुनेछ ।
नेपाल भन्दा कतारको समय २ घण्टा ४५ मिनेट ढिला रहेको छ भने विश्वकपअन्तर्गत दिनको पहिलो खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ । त्यस्तै, ६ः४५, ८ः४५ , ९ः४५ र राति १२ः४५ गरी फरक फरक समयमा खेल सञ्चालन हुनेभएको छ ।
प्रतिस्पर्धाका लागि ३२ टोली छानिएका छन्। लीग खेल प्रत्येक समूहका चारचार टोलीबीच हुनेछ। विश्वकपमा सहभागी हुने ३२ राष्ट्रमा युरोपका १३ देश छन्।
खेलकाे समय तालिका हेर्न यहाँ क्लिक गर्नुहाेस् ।