images
images

काठमाडौँ–४ मा गठबन्धन र एमालेबीच प्रतिस्पर्धा


  • 522
    SHARES
  • २०७९ कार्तिक २१ गते सोमबार

    काठमाडौँ–४ मा गठबन्धन र एमालेबीच प्रतिस्पर्धा

    काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा काठमाडौँ क्षेत्र नं ४ मा रोचक प्रतिस्पर्धा हुने देखिएको छ ।२०७४ साल को निर्वाचन प्रतिस्पर्धी नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र एमालेका प्रभावशाली नेता डा राजन भट्टराई यसपटक पनि चुनावी मैदानमा हुन्छ । 

    २०७४ को निर्वाचनमा थापाले भट्टराईलाई पराजित गर्नुभएको थियो । गत निर्वाचनमा बिजयी थापाले २१ हजार ५ सय ५८ मत प्राप्त गरेका थिए । त्यतिबेला भट्टराईलाई वाम गठबन्धन (एमाले–माओवादी)को समर्थन थियो । तर, यसपटक भने एमाले एक्लै चुनावीमा मैदानमा छ । थापालाई सत्तागठबन्धनको समर्थन रहेको छ ।

    वाम गठबन्धन हुँदासमेत भट्टराईलाई ३ हजार मतको अन्तरले पराजित गर्नुभएका थापाले यसपटक पनि दूबैको कडा प्रतिस्पर्धा देखिएका छन्। गत वैशाखमा भएको स्थानीय तहको मतपरिणामलाई केलाउँदा पनि सो क्षेत्रमा गठबन्धन बलियो देखिएकोे छ । उक्त क्षेत्रमा कूल १२ वडामध्ये एमाले नौ र कांग्रेस ३ वडामा विजयी भएको छ ।

    सो क्षेत्रमा एमालेले काठमाडौँ महानगरपालिकाको १ र बूढानीलकण्ठ नगरपालिकाका आठ वडा क्रमशः १,२,८,९,१०,११,१२ र १३ मा जित हासिल गरेको छ । कांग्रेसले काठमाडौँ महानगरका ७, ८ र ३० वडामा जित हासिल गरेको छ । स्थानीय तहको निर्वाचनमा १२ वडामा एमालेका वडाध्यक्षले १६ हजार पाँच सय सात मत प्राप्त गरेका थिए । यस्तै नेपाली कांग्रेसका वडाध्यक्षले १५ हजार ७ सय ६३ मत प्राप्त गरेका थिए । 

    त्यस्तै, एकीकृत समाजवादीका वडाध्यक्षले दुई हजार चार सय १४ र माओवादी केन्द्रले आठ सय २८ मत प्राप्त गरेका थिए । वडाध्यक्षले पाएको मतका आधारमा सत्ता गठबन्धन एमाले भन्दा २ हजार १ सय ९८ मतले अगाडि छ । सो क्षेत्रमा कांग्रेसका थापा र एमालेका भट्टराईसहित हाम्रो नेपाली पार्टीबाट अर्चन शम्शेर राणा, एकीकृत शक्ति नेपालबाट नवराज भण्डारी, आमूल परिवर्तन मसिहा पार्टीबाट धु्रवराज गिरी, नेपाल मजदूर किसान पार्टीबाट रमेश डङ्गोललगायतको उम्मेदवारी रहेको छ ।

    प्रतिनिधिसभा निर्वाचन क्षेत्रतर्फ काठमाडौँ क्षेत्र नं ४ मा ३३ मतदानस्थल र ८२ मतदान केन्द्र निर्धारण गरिएको छ । सो क्षेत्रमा ६९ हजार ७ सय ५२ मतदाताको सङ्ख्या रहेको छ । तीमध्ये ३३ हजार ४ सय ७४ पुरुष र ३६ हजार २ सय ७७ महिला छन् । अन्य मतदाताको सङ्ख्या एक रहेको छ ।

     


    images
    images

    Logo