काठमाडौं । शेयर बजारमा आज घट्न पुगेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक ६.४३ अंकले घटेर १ हजार ९ सय ५८ दशमलव ९४ विन्दुमा झरेको छ ।
सोमबार २ सय २४ स्क्रिपको २ अर्ब १० करोड रुपैयाँ बराबरको ४९ लाख ४४ हजार कित्ता शेयर किनबेच भएको छ । आज ५६ कम्पनीको शेयर मूल्य बढेको छ । १ सय २६ कम्पनीको शेयर मूल्य घटेको छ भने ४ कम्पनीको शेयर मूल्य स्थिर आएको छ ।
आज सबैभन्दा धेरै जाल्पा लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार भएको छ । आज कम्पनीको १५ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, शिवम् सिमेन्टको ११ करोड ३९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको १० करोड ६२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।