images
images

असोज महिनासम्ममा ९५ अर्ब ७१ करोड राजस्व संकलन 


  • 292
    SHARES
  • २०७९ कार्तिक २१ गते सोमबार

    असोज महिनासम्ममा ९५ अर्ब ७१ करोड राजस्व संकलन 

    काठमाडौं । असोज महिनासम्ममा ९५ अर्ब ७१ करोड राजस्व संकलन गरेको छ । आन्तरिक राजस्व कार्यालय विभागका अनुसार आर्थिक बर्षको पहिलो त्रैमास अथात् असोजसम्मको विभागले सो बराबरको राजस्व संकलन गरेको हो । 

    पहिलो त्रैमासमा विभागले १ खर्ब ५ अर्ब २२ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको थियो । सो असोज महिनासम्ममा विभागले ९५ अर्ब ७१ करोड रुपैयाँ मात्रै संकलन गरेको हो । सो लक्ष्यको ९१ प्रतिशत मात्रै हो । 

    विभागले सो अवधिमा आयकरतर्फ ३९ अर्ब ९ करोड रुपैयाँ लक्ष्य रहेकोमा असोज मसान्त सम्ममा ३० अर्ब ८४ करोड रुपैयाँ मात्र संकलन गरेको छ । सो लक्ष्यको आधारमा ७८.८९ प्रतिशत मात्रै हो । त्यस्तै, विभागले घरबहाल करबाट ५९.८९ प्रतिशत राजस्व संकलन गरेको छ । विभागले सो अवधिमा घरबहाल करबाट ६८ करोड २२ लाख रुपैयाँ लक्ष्य रहेकोमा ५१ करोड ५४ लाख रुपैयाँ मात्रै कर संकलन गरेको छ । 

    त्यस्तै, मुल्य अभिवृद्धि करतर्फ ३१ अर्ब १४ करोड लक्ष्य राखिएकोमा २७ अर्ब २ करोड रुपैयाँ । राजस्व संकलन गरेको छ  सो लक्ष्यको आधारमा ८६ प्रतिशत मात्रै हो । भने अन्तशुल्क भने लक्ष्यको आधारमा धेरै भएको छ । विभागको लक्ष्य अनुसार २२ अर्ब ५१ करोड रहेकोमा २६ अर्ब २१ करोड रुपैयाँ संकलन भएको छ । 


    images
    images

    Logo