काठमाडौं । धरान उपमहानगरपालिकाले मंगलवार सार्वजनिक विदा दिने भएको छ । महानगरले सोबवार सूचना जारी गर्दै सो निर्णय गरेको हो ।
उपमहानगरपालिकाले कात्तिके पूर्णिमा (बराहक्षेत्र मेला) का अवसरमा सार्वजनिक विदा गर्न लागेको हो । विद्यालय, क्याम्पस, वडा कार्यालय, अत्यावश्यकबाहेक स्वास्थ्य सेवालगायतका कार्यालयमा बिदा दिइएको सूचनामा उल्लेख गरिएको छ ।
