images
images

घट्यो सुनचाँदीको मूल्य, कति छ आजको बजार भाउ ?


  • 421
    SHARES
  • २०७९ कार्तिक २१ गते सोमबार

    घट्यो सुनचाँदीको मूल्य, कति छ आजको बजार भाउ ?

    काठमाडौं । सोमवार सुनचाँदी बजारमा सुनको मूल्य घटेको छ । आज छापावाला सुन प्रतितोला ९४ हजार ३ सय रुपैयाँ तोकिएको छ । 

    आइतवार प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला २ सय रुपैयाँले घटेर ९४ हजार ३ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुन प्रतितोला ९३ हजार ८ सय रुपैयाँ तोकिएको छ भने चाँदी प्रतितोला १० रुपैयाँले घटेर १ हजार २ सय ६५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ । 


    images
    images

    Logo