काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकको संस्थापक शेयर विक्रीमा रहेको छ बैंकले संस्थापक शेयरधनीहरुको नाममा रहेको २२ लाख ३३ हजार २ सय २ कित्ता संस्थापक शेयर विक्री गर्न लागेको हो ।
सो शेयर किन्न इच्छुक संस्थापक शेयरधनीले आफुले किन्न चाहेको कित्ता र मूल्य उल्लेख गरि सुचना प्रकाशित भएको मितिले ३५ दिनभित्र यस बैंकको बागबजार काठमाडौ स्थित शेयर विभागमा लिखित निवेदन दिन बैंकले अनुरोध गरेको छ ।
साथै तोकिएको समयमा संस्थापक शेयरधनीबाट पर्याप्त आवेदन नपरेमा अन्य व्यक्ती तथा संस्थालाई यो शेयर विक्री गर्ने समेत बैंकले जनाएको छ ।
उक्त शेयर विक्री गर्न चाहाने संस्थापकहरुमा एल्सन श्रेष्ठको नाममा ३ लाख ५३ हजार ३७ कित्ता रहेको छ । त्यस्तै, बिनु श्रेष्ठको नाममा ४ लाख ५४ हजार ४ सय १०, लक्ष्मी बहादुर श्रेष्ठको २ लाख ७० हजार ८ सय २०, विन्सन श्रेष्टको १ लाख २६ हजार ७ सय ७७, मानाङ्क इन्भेष्टमेन्ट प्रालिको १ लाख ३ हजार ३९, जेनिथ इन्भेष्ठमेन्ट एण्ड सेक्युरिटिज प्रालिको ११ लाख १० हजार ४ सय १६, हिमालयन क्यापिटल मार्केट्स एण्ड इन्भेष्टमेन्ट प्रालिको १ लाख ९७ हजार २ सय ९७, दोलखा भिमसेन इन्भेष्टमेन्ट प्रालिको ८७ हजार ५ सय ५६ र एनबी ग्रुप प्रालिको ६ लाख ४० हजार २ सय ६६ कित्ता संस्थापक शेयर विक्री गर्न लागेका हुन् ।



