images
images

राजश्व छली गरेको अभियोगमा मुद्दा दायर, तीन करोड ८० लाख बिगो माग


  • 443
    SHARES
  • २०७९ कार्तिक २० गते आइतबार

    राजश्व छली गरेको अभियोगमा मुद्दा दायर, तीन करोड ८० लाख बिगो माग

    काठमाडौं । राजश्व अनुसनधान विभागले राजश्व चुहावट गरेको अभियोगमा चितवन भरतपुर महानगरपालिका–३ का सौरभ गुप्ता विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।

    विभागले गुप्ता विरुद्ध भन्सार छली गरी मालसामानको आयात गरी बिक्री वितरण गर्दा राजश्व चुहावट गरेको अभियोग लगाएको छ । अभियुक्तहरूले भन्सार छली गरेर मालसामान पैठारी गरी लुकाई छिपाई खरिद बिक्री गरेर राजश्व चुहावट गरेको विशेष सूचनाका आधारमा विभागले छापा मारेको थियो ।

    विभागले  ३ करोड ८० लाख ५९ हजार ५ सय २६ रुपैयाँ बराबरको बिगो दावी गर्दै उच्च अदालत पाटनको हेटौँडा इजलासमा यही कात्तिक १८ गते मुद्दा दायर गरेको आज जारी विज्ञप्तिमा उल्लेख छ । 

     


    images
    images

    Logo