काठमाडौं । काठमाडौं महानगरपालिकाले चालुृ आर्थिक बर्षका लागि महानगरले १ हजार ४ सय ८० वटा योजना स्वीकृत गरेको छ । आइतबार महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीको अध्यक्षतामा विभागीय प्रमुख र परामर्शदाता सामयिक सेवा केन्द्रका अधिकारीविच छलफल भएको हो ।
छलफलमा नगर सभाबाट वडा, विभाग, आयोजना र कार्यक्रमका स्वीकृत योजनामध्ये एउटै प्रकारका योजनालाई प्याकेज बनाएर खरिद गर्ने विषयमा छलफल भएको थियो । यस क्रममा परामर्शदाताबाट प्रकृति मिल्ने योजनालाई संयुक्त र नमिल्नेलाई एकल योजनाका रुपमा प्रस्ताव पेश भएको थियो । विभागीय प्रमुख तथा कार्यक्रम सम्बन्धित अधिकारीले प्रस्तावित योजना प्याकेजिङ् गर्दा हुने सवल र कमजोर पक्षका विषयमा आफ्ना धारणा राखेका थिए ।
यसरी प्याकेजिङ्स्लारइसिङ् गरिएका योजनालाई बोलपत्र, दरभाउ पत्र, सोझै खरिद र उपभोक्तामार्फत हुने खरिदका सवल र दुर्र्वल पक्ष छलफलको अर्को विषय थियो ।चालुृ आर्थिक बर्षका लागि महानगरले १ हजार ४ सय ८० वटा योजना स्वीकृत गरेको छ । यी योजनालाई खरिद सम्बन्धी कार्यविभाजन र खरिद कार्यको बर्गीकरणअनुसार प्याकेजिङ् गरेर १ हजारको हाराहारीमा राख्न सकिने देखिएको छ ।
परामर्शदाताबाट प्राप्त प्रस्तावका विषयमा जानकारी दिँदै खरिद एकाईका प्रमुख धु्रव काफ्लेले भने, ‘योजनाको प्याकेजिङ् र स्लाइसिङ् नयाँ अभ्यास हो । यसभन्दा तलका वार्षिक खरिद योजना र खरिद गुरुयोजनामा हामीले यस अघि पनि काम गरेका थियौँ । यस बर्षबाट प्याकेजिङ्को काम थालिएको छ ।’



