images
images

२५ करोड रुपैयाँ मुद्धती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक


  • 487
    SHARES
  • २०७९ कार्तिक २० गते आइतबार

    २५ करोड रुपैयाँ मुद्धती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक

    काठमाडौं । नेपाल राष्ट्र बैंकले पेन्सन तथा उपदान कोषमा रहेको २५ करोड रुपैयाँ मुद्धती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले आइतवार सुचना जारी गर्दै क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुको मुद्धती निक्षेपमा लगानी गर्ने भएको हो । 

    राष्ट्र बैंकले क वर्गाको वाणिज्य बैंकहरुमा २० करोड, ख वर्गाको राष्ट्रिय वर्गका विकास बैंकहरुमा ३ करोड ७५ लाख र ग वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरुमा १ करोड २५ लाख रुपैयाँ लगानी गर्ने भएको छ । 

    निक्षेप लिन चाहाने इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुले आफुले लिन चाहेको रकम तथा उक्त रकमको लिनका लागि प्रस्ताव गरेको व्याजदर समेत खुलाई कात्तिक २२ गते जानकारी गराउन  बैंकले अनुरोध गरेको छ । सो निक्षेपको अवधि ३६६ दिनको हुनेछ । 


    images
    images

    Logo