काठमाडौं । कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को तलब ३ करोड ९९ लाख रुपैयाँ रहेको छ ।
बैंकले एक वर्षमा खनाललाई ३ करोड ९९ लाख १५ हजार ५ सय ६७ रुपैयाँ तलब भत्ता दिएको छ । बैंकले सीईओलाई उक्त रकम तलव भत्ता वापत दिइएको हो ।
बैंकले सीईओलाई तलब स्वरुप ९५ लाख ४८ हजार १ सय ८८ रुपैयाँ, भत्ता बापत १६ लाख ८७ हजार ७ सय ११, सञ्चयकोष बाट ९ लाख ५४ हजार ८ सय १८ रुपैयाँ, दशैं भत्ता वापत १० लाख ६५ हजार ६ सय ८० रुपैयाँ खनाललाई भुक्तान गरेको छ ।
त्यस्तै। बिदा वापत ४० लाख ६३ हजार ७ सय ३६, उपदानवापत २ लाख ४३ हजार ३ सय ६२, बोनस वापत ३९ लाख ९२ हजार ४ सय ८१ र अन्य शिर्षकमा १ करोड ८३ लाख ५९ हजार ५ सय ८८ रुपैयाँ बैंकका सीईओ खनालले लिएका छन् ।
गत माघ २४ गतेसम्म अनुजमणि तिमिल्सिना कामु सीईओकाे रुपमा रहेका थिए । त्यसपछि रामचन्द्र खनाल सीईओकाे रुपमा कार्यरत छन् ।



