काठमाडौं । उम्मेदवारमाथि आक्रमण गरेको भन्दै नेकपा माओवादी केन्द्रका कार्यकर्ताले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । माओवादी केन्द्रकी समानुपातिक उम्मेदवार माया बलमाथि आक्रमण गरेको भन्दै कार्यकर्ताले राजमार्ग अवरुद्ध गरेका हुन् ।
माया बलमाथि विप्लव नेता हरिकृष्ण पौडेलले ढुंगामुढा प्रहार गरेको र गाडी समेत तोडफोड गरेको बताइएको छ । बलमाथी यसरी आक्रमण गर्ने पौडेललाई कारबाहीको माग गर्दै माओवादी केन्द्रका कार्यकर्ताले राजमार्ग अवरुद्ध गरेका हुन् ।