images
images

आवेदन मितिका आधारमा कोरोना बीमाको भुक्तानी


  • 462
    SHARES
  • २०७९ कार्तिक २० गते आइतबार

    आवेदन मितिका आधारमा कोरोना बीमाको भुक्तानी

    काठमाडौं । बीमा कम्पनीहरूले कोरोना बीमाबापतको दाबी भुक्तानी बीमितले दिएको आवेदन मितिका आधारमा दिने भएका छन् । सरकारले निकासा गरेको १ अर्ब रुपैयाँमा बीमाक्षेत्रबाट ८१ करोड थप गरी १ अर्ब ८१ करोड रुपैयाँ भुक्तानीका लागि बीमा समितिले आवेदन मितिलाई आधार बनाउन निर्देशन दिएको हो ।

    ‘कम्पनीहरूमा पेश भएको दाबी मितिको आधारमा भुक्तानी गर्न निर्देशन दिएका छौं,’ समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले भने, ‘सरकारबाट थप रकम निकासा भएपछि त्यसकै आधारमा क्रमशस् भुक्तानी गर्दै जान्छौं ।’ 

    भुक्तानी शुरू भएपछि बीमितहरूमा सकारात्मक सन्देश जाने भएकाले कम्पनीहरूलाई तत्काल रकम वितरण शुरू गर्न निर्देशन दिइएको उनले बताए । ‘अहिलेसम्म कोरोना बीमाको पैसा नै नपाउने हो कि भन्ने भएको थियो,’ अध्यक्ष सिलवालले भने, ‘भुक्तानी शुरू भएपछि ढिलोचाँडो पाइन्छ भन्ने सन्देश जान्छ ।’ 


    images
    images

    Logo