images
images

सानिमा क्यापिटलको सानिमा ग्रोथ फण्डमा आवेदन दिने समय थपियो


  • 383
    SHARES
  • २०७९ कार्तिक २० गते आइतबार

    सानिमा क्यापिटलको सानिमा ग्रोथ फण्डमा आवेदन दिने समय थपियो

    काठमाडौं । सानिमा क्यापिटलले सानिमा ग्रोथ फण्डमा आवेदन दिने समय थप गरिएको छ। क्यापिटलले कुल १२ करोड इकाई निष्काशन गर्न गरेको हो । सो फण्डमा अब कात्तिक ३० गतेसम्म आवेदन दिन सकिनेछ । 

    कुल इकाईमध्ये १ करोड ५६ लाख इकाई कोष प्रबद्र्धक सानिमा बैंकलाई सुरक्षित गरि २४ लाख योजना व्यवस्थापक सानिमा क्यापिटललाई लागि छुट्याइएको छ। बाँकी रहेको १० करोड २० लाख इकाईका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

    लगानीकर्ताले न्यूनतम १ सय इकाईका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम १ करोड २० लाख इकाईका लागि आवेदन दिन सकिनेछ।

    उक्त योजनाको  बिक्री प्रबन्धक सानिमा क्यापिट लिमिटेड रहेको छ। 


    images
    images

    Logo