images
images

काठमाडौं महानगरका मेयर बालेन्द्र शाहलाई आयोगले सोध्यो स्पष्टीकरण


  • 652
    SHARES
  • २०७९ कार्तिक १९ गते शनिबार

    काठमाडौं महानगरका मेयर बालेन्द्र शाहलाई आयोगले सोध्यो स्पष्टीकरण

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर  बालेन शाहलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । हाम्रो नेपाली पार्टीका विभिन्न निर्वाचन क्षेत्रका उम्मेदवारहरूले ‘जय लौरो’ नामक फेसबुक पेजबाट मेयर बालेनको समर्थन रहेको भनी गरेको प्रचार प्रसारबारे स्पष्टीकरण सोधेको हो ।

    देशको राजधानी शहर समेत रहेको महानगरपालिकाको नगर प्रमुखमा स्वतन्त्र उम्मेदवारको रुपमा निर्वाचित भई कार्यभार सम्हालेको अवस्थामा उक्त दलसँग कुनै आवद्धता नै रहे भएको जस्तो गरी शाहको तस्बिर र नाम निरन्तर प्रयोग भइरहेको विषयमा आयोगले ध्यानाकर्षणसहित पत्र पठाएको हो । 

    ‘निर्वाचन आयोग नेपालले कुनै पनि तवरबाट निर्वाचनको स्वच्छता र निष्पक्षता कायम रहोस् भनी सदैव चासो राख्दछ । संविधान र प्रचलित निर्वाचनसँग सम्बन्धित कानूनको आधारमा निर्वाचन सम्पन्न गर्ने क्रममा ऐन कानूनको परिकल्पना भन्दा बाहिरका उपायहरू प्रविधिमार्फत अवलम्बन गरी निर्वाचन कानून बाहेकका कानूनको उल्लंघन हुनसक्ने विषयमा समेत आयोग सचेत छ ।’ आयोगको स्पष्टीकरणमा भनिएको छ । 

    आयोगले शालाई इन्जिनियर अनन्तराज घिमिरे अध्यक्ष रहेको हाम्रो नेपाली पार्टीसँग तपाईंको कुनै आवद्धता छ, छैन ?, हाम्रो नेपाली पार्टीसँग कुनै दलगत आवद्धता छैन भने उक्त दलले तस्बिर र नाम प्रयोग गरी आफ्नो दल र उम्मेदवारहरूको मत निरन्तर मागिरहेको देखिएकोले सो कार्य गर्न कुनै व्यक्त वा अव्यक्त सहमति छ, छैन ? भनेरस्पष्ट पार्न भनिएको छ ।


    images
    images

    Logo