images
images

बागमतीमा डेङ्गु सङ्क्रमितको सङ्ख्या ३३ हजार नाध्यो


  • 402
    SHARES
  • २०७९ कार्तिक १९ गते शनिबार

    बागमतीमा डेङ्गु सङ्क्रमितको सङ्ख्या ३३ हजार नाध्यो

    काठमाडौं । बागमती प्रदेशमा लामखुट्टेको टोकाइबाट हुने डेङ्गु सङ्क्रमणबाट बिरामीको सङ्ख्या ३३ हजारभन्दा बढी पुगेको छ । यो सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको देखिन्छ ।

    बागमती प्रदेशमा गत साउन महिनादेखि कात्तिक १८ गतेसम्ममा ३३ हजार सात सय ६५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भइसकेको बागमती प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

    डेङ्गुबाट प्रभावित भएको प्रदेशका जिल्लामा सबैभन्दा बढी काठमाडौँमा रहेको छ भने सबैभन्दा कम रसुवामा रहेको निर्देशनालयबाट प्राप्त तथ्याङ्क जनाइएको छ । काठमाडौँमा १३ हजार दुई सय जनामा डेङ्ग सङ्क्रमण भएका छन् भने रसुवामा ८ जनामा रोग पुष्टि भएको हो । 

    यसैगरी ललितपुरमा ९ हजार २ सय, मकवानपुरमा ४ हजार ६ सय ६९, भक्तपुरमा ३ हजार ६०, चितवनमा १ हजार ८ सय ५०, धादिङमा ८ सय ६० काभे्रपलाञ्चोकमा ४ सय ८०, रामेछापमा १ सय ६८, सिन्धुपाल्चोकमा १ सय ६५, नुवाकोटमा १ सय ६८, सिन्धुलीमा १ सय ३३ तथा दोलखामा ८२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको बताइएको छ ।

    यस्तै प्रदेशमा डेङ्गुबाट हालसम्ममा २१ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।


    images
    images

    Logo