images
images

निर्वाचनमा इन्सेकले पर्यवेक्षक खटाउने


  • 227
    SHARES
  • २०७९ कार्तिक १९ गते शनिबार

    निर्वाचनमा इन्सेकले पर्यवेक्षक खटाउने

    काठमाडौं । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले यही मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा सात सय ५० जनाभन्दा बढी निर्वाचन पर्यवेक्षक खटाउने भएको छ ।

    इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले १ सय ६५ निर्वाचन क्षेत्रमा ७ सय ५० जनाभन्दा बढी निर्वाचन पर्यवेक्षक खटाउने जानकारी दिए । 

    कार्यकारी  निर्देशक  गौतमले प्रजातन्त्र स्थापनापछिका सबै निर्वाचनमा इन्सेकले पर्यवेक्षण गर्दै आएको उल्लेख  गर्दै यसपटक पनि निर्वाचनमा पर्यवेक्षक खटाउने बताए । 

    निर्वाचन  आयोगका सहायक प्रवक्ता कमल भट्टराईले कुनै  पनि  पक्ष र विपक्षमा नलाग्ने इन्सेकलगायत ४४ राष्ट्रिय र तीनवटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालाई  निर्वाचन पर्यवेक्षण गर्न अनुमति दिइएको जानकारी दिए । उनले देशभर स्वयम्सेवीका रूपमा खटिने करिब १० हजार पर्यवेक्षकले संस्थामार्फत उपलब्ध गराउने निर्वाचन पर्यवेक्षण प्रतिवेदनमा उल्लेख हुने सुझावलाई निर्वाचन आयोगले ग्रहण गर्ने बताए ।

     


    images
    images

    Logo