images
images

कूल मतपत्र ८ करोड ३ लाख ९४ हजार


  • 268
    SHARES
  • २०७९ कार्तिक १९ गते शनिबार

    कूल मतपत्र ८ करोड ३ लाख ९४ हजार

    काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आवश्यक पर्ने कूल ८ करोड ३ लाख ९४ हजार ५ सय मतपत्रको छपाइ सम्पन्न भएको छ ।

    पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका प्रतिनिधिसभातर्फ १ करोड ९८ लाख ७१ हजार र समानुपातिकतर्फ २ करोड ४ लाख २१ हजार मतपत्र छपाइ भएको छ । प्रदेशसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि १ करोड ९९ लाख १८ हजार ५ सय र समानुपातिकतर्फ २ करोड १ लाख ८४ हजार मतपत्र छपाइ सम्पन्न भएको छ ।

    निर्वाचन आयोगले भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई मतपत्र छपाइको जिम्मा दिएको थियो ।

     


    images
    images

    Logo