images
images

लाइसेन्सको अनलाइन आवेदन अनिश्चितकालका लागि बन्द


  • 361
    SHARES
  • २०७९ कार्तिक १८ गते शुक्रबार

    लाइसेन्सको अनलाइन आवेदन अनिश्चितकालका लागि बन्द

    काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स)  अनलाइन आवेदन अनिश्चितकालका लागि बन्द भएको छ । यातायात व्यवस्था विभागले एक सुचना जारी गर्दै मसिंर १ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि बन्द हुने जानकारी दिएको हो । 

    मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको लागि सम्बन्धित कार्यालयका कर्मचारीहरु समेत खटिनु पर्ने भएकोले अर्को सूचना प्रकाशित नभए सम्मका लागि अनलाइन आवेदन बन्द गर्ने लागेको विभागले जनाएको छ ।

    चुनावका विभिन्न सेवाका सरकारी कर्मचारीहरुलाई निर्वाचन आयोगले परिचालन गर्ने गरेको छ। यो सेवा कहिलेसम्मका लागि बन्द गर्ने भन्ने विषयमा विभागले जानकारी दिएको छैन् । 

    driving lince.jpg


    images
    images

    Logo