images
images

निर्वाचन आयोगलाई भारत सरकारद्वारा ८० वटा सवारी साधन प्रदान 


  • 246
    SHARES
  • २०७९ कार्तिक १८ गते शुक्रबार

    निर्वाचन आयोगलाई भारत सरकारद्वारा ८० वटा सवारी साधन प्रदान 

    काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको प्रयोजनार्थ निर्वाचन आयोगलाई भारत सरकारले ८० वटा सवारी साधन प्रदान गरेको छ ।

    नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बिहीबार आयोजित एक समारोहबीच निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई भारत सरकारको तर्फबाट ८० वटा सवारीसाधन उपहारस्वरुप प्रदान गरेको हो ।  नेपाल सरकारको अनुरोधमा उपलब्ध गराइएका २ सय वटा सवारी साधनकै हिस्साको रुपमा यी ८० वटा सवारी साधन निर्वाचन आयोगलाई हस्तान्तरण गरिएको हो ।

    नेपालका लागि महामहिम भारतीय राजदूत नवीन श्रीवास्तवले प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियालाई सवारी साधन हस्तान्तरण गरे । नेपालका लागि महामहिम भारतीय राजदूत श्री नवीन श्रीवास्तवले प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियालाई सवारी साधन हस्तान्तरण गरे ।

    Pro_Ktm_ECN_INDIA_CAR-1.jpg

    सवारी साधन हस्तान्तरण समारोहलाई सम्बोधन गर्नुहुँदै प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले सहयोगका लागि भारत सरकार तथा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवलाई धन्यवाद ज्ञापन गरे । उक्त समारोहमा निर्वाचन आयोगका आयुक्तहरू रामप्रसाद भण्डारी, डा. जानकी कुमारी तुलाधर, निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीसमेतको उपस्थिति थियो ।


    images
    images

    Logo