images
images

बैंकको बढ्दो व्याजविरुद्ध बैंककै कर्मचारीहरु विरोध प्रदर्शनमा


  • 557
    SHARES
  • २०७९ कार्तिक १८ गते शुक्रबार

    बैंकको बढ्दो व्याजविरुद्ध बैंककै कर्मचारीहरु विरोध प्रदर्शनमा

    काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले चर्को रुपमा व्याजदर बढाएको भन्दै उद्योगी व्यवसायी तथा बैंककै कर्मचारीहरु समेत विरोध प्रदशनीमा उत्रिएका छन् । शुक्रवार नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले ब्याजदर वृद्धिको विरुद्धमा आज माइतीघरमा विरोध प्रदर्शन गरेको हो । 

    उक्त विरोध प्रदर्शनमा एनआईसी एशिया बैंकका सञ्चालक रामचन्द्र संघाई, सिटिजन्स बैंकका सञ्चालकसमेत रहेका महासंघका कार्यकारीणी सदस्य प्रवलजंग पाण्डे लगायतले ब्याजदर वृद्धिको विरुद्धमा मौन आन्दोलन गरेका हुन् ।

    बैंक तथा वित्तीय संस्था नसुध्रिए वा सरकारले व्यवसायीको समस्या समाधानमा चासो नदिए थप आन्दोलनका कार्यक्रम अघि बढाउने संघले जनाएको छ ।

    व्यवसायीले मुख्य ५ वटा माग अगाडि सार्दै माइतीघरमा मौन प्रद्धर्शन गरेका हुन् । निक्षेपमा ब्याजदर बढाउँदैमा निक्षेप नबढेको भन्दै उद्योगका लागि एक अंकमा बढी नहुने र व्यापारमा १र२ प्रतिशत मात्र थप गरी लिन पाइने गरी लगानी योग्य पूँजीको शीघ्र व्यवस्थापन गर्नुपर्ने उनीहरुको माग छ ।


    images
    images

    Logo