काठमाडौं । नेपाल टेलिकम वा जिम्मेवारी पदाधिकारीको नाम जोडेर सामाजिक सञ्जालमार्फत जागिर मिलाउने भन्दै ठगी भइरहेको भन्दै सचेत हुन आग्रह गरेको छ । टेलिकमको फेसवुक, म्यासेन्जर, ह्वाट्सएप लगायत सामाजिक सञ्जालमाफर्त विभिन्न माध्यमबाट कम्पनीमा रोजगार मिलाइदिने भन्दै सर्वसाधारणलाई झुक्काएको घटना सार्वजनिक भएपछि टेलिकमले एक सुचना जारी गर्दै सचेत सहन आग्रह गरेको हो ।
आधिकारिक स्रोतबाट प्राप्त जानकारीलाई मात्र आधार मान्न पनि कम्पनीले अनुरोध गरेको छ । साथै सामाजिक सञ्जालमा रहेका टेलिकमका भेरिफाइड पेज (टेलिकमको नामका पछाडि रहेको निलो टिक मार्क) तथा वेबसाइटबाट उपलब्ध गराइएका जानकारीलाई आधार मान्न टेलिकमले अनुरोध गरेको छ ।
