काठमाडौं । ट्विटरले आजदेखि कर्मचारीको कटौति गर्ने भएको छ । ट्विटरको नयाँ सीईओ एलन मस्कले आफ्नो कर्मचारीलाई शुक्रबार इमेलमार्फत निकाल्ने सुचना पठाएको हो ।
समाचार संस्था रोयटर्सका अनुसार आफ्नो कर्मचारीलाई शुक्रबार इमेल मार्फत उनीहरूलाई कामबाट निकालिएको छ, अस्थायी रूपमा यसको कार्यालयहरू बन्द गर्ने र कर्मचारी पहुँच रोक्न जनाएको छ ।
रोयटर्सले ट्विटरमा कार्यरत कर्मचारीलाई पठाएको इमेल उदृत गर्दै लेखेको छ, ‘यो सामाजिक सञ्जालको कम्पनीले कर्मचारीलाई कामदार कटौती हुने बारे शुक्रबार ९ बजे )अमेरिकी समय) मा इमेल पठाउने छ ।’
कम्पनीले ट्विटरलाई पुनः संरचना गर्न तथा यसमा रहेका विश्वभरका कामदारहरुमा छाटकाँट गर्नका लागि यस्तो कदम चाल्न लागेको जनाएको छ ।