images
images

परराष्ट्र मन्त्रालयकी अधिकृत आस्था सुब्बाको मोटरसाइकलको ठक्करबाट ज्यान गयो 


  • 369
    SHARES
  • २०७९ कार्तिक १८ गते शुक्रबार

    परराष्ट्र मन्त्रालयकी अधिकृत आस्था सुब्बाको मोटरसाइकलको ठक्करबाट ज्यान गयो 

    काठमाडौं ।  परराष्ट्र मन्त्रालयकी अधिकृत आस्था सुब्बाको मोटरसाइकलको ठक्करबाट ज्यान गएको छ । बिहीबार साँझ हनुमानस्थानबाट अनामनगर चोकतर्फ जाँदै गरेको मोटरसाइकलले पैदल हिंडिरहेकी ३२ वर्षीया आस्था सुब्बालाई ठक्करबाट ज्यान गएको हो । 

    प्रहरीका अनुसार बाटो काट्ने गर्ने क्रममा सुब्बालाई मोटरसाइकलले हानेको थियो । दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारको क्रममा बागबजारस्थित काठमाडौं मोडल अस्पतालमा बेलुकी पौने ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । अधिकृत सुब्बा मन्त्रालयको राष्ट्र संघ महाशाखामा कार्यरत थिइन् ।


    images
    images

    Logo