काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य घटेको छ । शुक्रवार छापावाला सुन प्रतितोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको छ ।
बिहीवार प्रतितोला ९३ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला १ सय रुपैयाँले घटेर ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीवार पनि छापावाला सुन प्रतितोला ४ सय रुपैयाँले घटेको थियो ।
त्यस्तै, तेजावी सुन प्रतितोला ९२ हजार ६ सय रुपैयाँ कायम भएको छ भने चाँदी प्रतितोला १ हजार २ सय २५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।